जबरजस्ती करणी मुद्धाका फरार विनाेद २० वर्षपछि पक्राउ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    जबरजस्ती करणी मुद्धाका फरार विनाेद २० वर्षपछि पक्राउ

    खबरपुञ्ज संवाददाता

    २ जेष्ठ २०८०, बुधबार

    दमाैली । जबरजस्ती करणी मुद्धामा तनहुँ अदालतबाट कैद सजाय तोकिएका एक प्रतिवादी २० वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा व्यास नगरपालिका–२ उत्तरशीला टोल बस्ने ४८ वर्षीय विनोद शाक्य रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

    निजलाई बुधबार सम्बन्धित घरवतनबाटै पक्राउ गरिएको प्रहरी नायब उपरिक्षक मोहनबहादुर खाँणले जानकारी दिए।

    निज विरुद्ध तनहुँ अदाललते विसं २०६० असोज २८ गते पाँच वर्ष कैद सजाय तोकेको थियो । निजलाई बुधबार अदालत पेश गरिएकामा अदालतको आदेश बमोजिम कैद भुक्तानका लागि कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।