भुटानी शरणार्थीका नेता टेकनाथ रिजाल प्रहरी नियन्त्रणमा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    भुटानी शरणार्थीका नेता टेकनाथ रिजाल प्रहरी नियन्त्रणमा

    खबरपुञ्ज संवाददाता

    ३ जेष्ठ २०८०, बिहीबार

    काठमाडौँ । भुटानी शरणार्थीका नेता टेकनाथ रिजाललाई प्रहरीले नियन्त्रणमा लिएको छ । नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउनेसम्बन्धी ठगी कार्यमा उनले समेत मिलेमतो गरेको लागेपछि प्रहरीले उनलाई आज सोधपुछका लागि बोलाइको थियो ।

    सोही अनुसार जिल्ला प्रहरी परिसर काठमाडौँमा पुगेका रिजाललाई प्रहरीले नियन्त्रणमा लिएको उपत्यका प्रहरी कार्यालयका एआईजी श्याम ज्ञवालीले पुष्टि गरे । यसअघि भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका मोरङका सागर राईले रिजाललाई समेत मुछेका थिए । उनले बयानका क्रममा रिजाललाई ७ लाख रुपैयाँ दिएको दाबी गरेका थिए ।