मादीमा फेला परेको मूर्ति मन्दिर बनाएर प्रतिस्थापन गरिने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    मादीमा फेला परेको मूर्ति मन्दिर बनाएर प्रतिस्थापन गरिने

    खबरपुञ्ज संवाददाता

    १३ जेष्ठ २०८०, आईतवार

    दमाैली । व्यास नगरपालिका–१० स्थित मादी नदीमा फेला परेको काली माता र शिवको मूर्ति मन्दिर बनाएर प्रतिस्थापन गरिने भएको छ । सोही ठाउँका सुरेश बोटेले माछा मार्ने क्रममा फेला परेको उक्त मूर्ति मन्दिर बनाएर प्रतिस्थापन गर्न लागिएको हो ।

    बोटे गाउँ टोल विकास संस्थाको नेतृत्वमा महाकाली देवीको मन्दिर निर्माण गर्न लागिएको हो । आइतबार नगरप्रमुख वैकुण्ठ न्यौपानेले मन्दिरको शिलान्यास गर्दै नगरपालिकाका तर्फबाट मन्दिर निर्माणमा सहयोग हुने बताए ।

    No description available.