चेन्नईलाई पाँचौं पटक आईपीएलको उपाधि
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    चेन्नईलाई पाँचौं पटक आईपीएलको उपाधि

    खबरपुञ्ज संवाददाता

    १५ जेष्ठ २०८०, मंगलवार

    काठमाडौ । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको यो सीजनको उपाधि चेन्नई सुपर किङ्सले जितेको छ । आइतबारको खेल वर्षाले अवरुद्ध भएपछि सोमबार राति भएको खेलमा डक वर्थ लुइस (डिएलएस मेथड)मा गुजरात टाइटन्सलाई ५ विकेटले हराउँदै चेन्नईले उपाधि उचालेको हो । योसँगै चेन्नईले पाँचौं पटक आईपीएलको उपाधि उचालेको छ । चेन्नईले यसअघि २०१०, २०११, २०१८ र २०२१ मा आईपीएलको उपाधि उचालेको थियो ।

    गुजरात टाइटनले दिएको विशाल २ सय १५ रनको लक्ष्य पछ्याएको चेन्नईले सुरुवाती ३ बलमा चार रन बनाउँदा पानी परेपछि खेल रोकिएको थियो ।

    पानी परेपछि फाइनल खेललाई १५ ओभरमा झारेर १ सय ७१ रनको लक्ष्य बनाइएको थियो । उक्त रक्ष्य चेन्नईले ५ विकेटको क्षतिमा भेट्टाएको हो । त्यसअघि पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा ४ विकेटको क्षतिमा २ सय १४ रन बनाएको थियो ।