एमाले तनहुँ इन्चार्जमा महत, न्यौपाने र रसाइलीलाई निर्वाचन क्षेत्रको जिम्मा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    एमाले तनहुँ इन्चार्जमा महत, न्यौपाने र रसाइलीलाई निर्वाचन क्षेत्रको जिम्मा

    खबरपुञ्ज संवाददाता

    २२ जेष्ठ २०८०, मंगलवार

    दमौली । नेकपा एमाले तनहुँको इन्चार्जमा तिलक महत क्षेत्री चयन भएका छन् । पार्टी केन्द्रीय कमिटीले केन्द्रीय सदस्य महतलाई तनहुँ इन्चार्जको जिम्मा दिएको हो ।

    यसअघिका इन्चार्ज पोलिटव्युरो सदस्य टुकराज सिग्देललाई स्याङ्जा इन्चार्ज बनाइएको छ ।

    यस्तै तनहुँ क्षेत्र नम्बर १ अन्तर्गतका पालिकाको इन्चार्जको जिम्मेवारी केन्द्रीय सदस्य भगवती न्यौपाने र तनहुँ क्षेत्र नम्बर २ अन्तर्गतका पालिकाको इन्चार्जको जिम्मेवारी केन्द्रीय सदस्य सविता रसाइलीलाई दिइएको छ ।