दमाैली । गण्डकी वाङ्मय पुरस्कार-२०७९ वरिष्ठ साहित्यकार समालोचक नारायणप्रसाद गौतमलाई प्रदान गरिने भएकाे छ । गण्डकी वाङ्ममय प्रतिष्ठानले स्थापना गरेकाे उक्त पुरस्कारबाट आदिकवि भानुभक्त क्याम्पसका सहप्राध्यापक समेत रहेका गाैतमलाई प्रदान गर्न लागिएकाे हाे ।
उक्त पुरस्कार शुक्रबार दमाैलीमा आयाेजना हुने राष्ट्रिय साहित्य सम्मेलनका अवसरमा प्रदान गरिने संस्थाका अध्यक्ष अर्जुन अधिकारीले जानकारी दिए । पुरस्कारकाे राशी रु दश हजार रहेकाे छ ।
विसं २०५४ सालमा स्थापना भएको यो संस्थामा स्थापित रु एक लाख अक्षयकोषबाट साहित्यकारलाई पुरस्कृत गर्ने नीति रहेकाे संस्थाकी सचिव अन्जु दाहालले जानकारी दिइन् ।