नेपाल भित्रियो मनसुन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    नेपाल भित्रियो मनसुन

    खबरपुञ्ज संवाददाता

    ३० जेष्ठ २०८०, बुधबार

    काठमाडौ । नेपालमा मनसुन प्रवेश गरेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार मनसुन नेपाल प्रवेश गरेको हो।

    महाशाखाले कोशी प्रदेश, मधेश प्रदेशको पूर्वी भूभाग, बागमती प्रदेशको  अधिकांश भूभाग र गण्डकी प्रदेशका पूर्वी भूभागमा  मनसुन आइपुगेको जानकारी दिएको छ।

    मनसुन जेठ २५ गते भारतको केरला पुगेको थियो । त्यहाँबाट एक सातामा मनसुन नेपाल आइपुगेको हो। 

    नेपालमा सरदर जुन १३ मा मनसुन भित्रन्छ। यसपालि एकदिन ढिला गरी मनसुन प्रवेश गरेको हो। पूर्वबाट झापा हुँदै नेपाल प्रवेश गर्ने मनसुन नेपालभरी फेलिन केही दिन लाग्छ।

    मौसमविद् विनु महर्जनले पश्चिमी भूभागमा मनसुनी वर्षा हुन अझै केही दिन लाग्ने बताइन्।

    उनका अनुसार अरबियन सागरमा ‘विपाजोए’ नामक चक्रवात विकसित भइरहेकाले पश्चिम र सुदूरपश्चिम क्षेत्रमा तत्काल मनसुन पुग्ने सम्भावना छैन।