किर्तीमानी सतकका लागि एक रनले चुके कुशल
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    किर्तीमानी सतकका लागि एक रनले चुके कुशल

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    काठमाडौं । विश्वकपको ग्लोबल क्वालिफायर अन्तर्गत पहिलो म्याचमा उत्कृष्ट सुरुवात गरेको नेपालले पहिलो विकेटका रुपमा कुशल भुर्तेललाई गुमाएको छ । शानदार ब्याटिङ गरेका कुशल किर्तिमानी सतकबाट एक रनले चुके ।

    टेस्ट राष्ट्रविरुद्ध पहिलो सतकको खुशी मनाउन तम्तयार रहेका नेपालका समर्थकलाई जिम्बाबेका विलिङ्टन मासाकाद्जाले स्तब्ध बनाएका हुन् । उनले कुशललाई ९९ रनको अवस्थामा बोल्ड गरे ।

    कुशलले आउट हुनुअघि अर्का ओपनर आसिफ शेखसँग १७१ रनको कीर्तिमानी साझेदारी गरेका थिए । आसिफ पनि अर्धसतक बनाएर खेलिरहेका छन् । उनीहरुबीच भएको साझेदारी नेपालले कुनै पनि विकेटका लागि एक दिवसीय खेलमा बनाएको सर्वाधिक ठूलो हो ।

    आक्रामक ब्याटिङ गरेका कुशलले ९५ बलको इनिङमा १३ चौका र २ छक्का प्रहार गरेका थिए । उनले दुईपटक जीवनदान पाएका थिए ।
    कुशल आउट भएको ११ बलपछि अर्का ओपनर आसिफ शेख पनि आउट भएका छन् । उनले १०० बलमा७ चौकाको मद्दतले ६६ रन बनाए । (नेपाल प्रेस)