विराटनगर । कोशी प्रदेश सभाको बैठक भोलि ११ बजेसम्मका लागि स्थगित भएको छ ।
कोशी प्रदेश सभाको सत्ता रूढ दल नेकपा एमालेको आग्रहमा भोलि ११ बजे सम्मका लागि स्थगित गरिएको हो । सभामुख र संसद् सचिवालयसँगको छलफल पछि ११ बजे सम्मका लागि संसद् स्थगित भएको नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक रेवती रमण भण्डारीले बताए ।
आधा घण्टाका लागि भनेर साँढे ६ बजे संसद् स्थगित भएको थियो । विश्वासको मत लिने क्रममा दलका नेताहरूले बोलेका विषयमा जवाफ दिन आवश्यक पर्ने तथ्याङ्क लिन भन्दै संसद् सचिवालयबाट निस्किएका मुख्यमन्त्री हिक्मत कार्की नर्फीकिएपछि विशेष कारणवश साँझ ८ बजे बैठक बस्ने सूचना टाँस सचिवालयले गरेको थियो ।