इन्जिनियर शर्माको मृत्युपछि रत्नहरि अस्पतालमा तालाबन्दी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    इन्जिनियर शर्माको मृत्युपछि रत्नहरि अस्पतालमा तालाबन्दी

    खबरपुञ्ज संवाददाता

    १६ असार २०८०, आईतवार

    दमाैली । तनहुँको व्यास नगरपालिका–१० का ३५ वर्षीय कमलप्रसाद शर्माको मृत्यु अस्पतालको लापरवाहीका कारण भएको भन्दै स्थानीयवासीले रत्नहरि अस्पतालमा तालाबन्दी गरेका छन् ।

    मृतकका आफन्तहरुले आज व्यास नगरपालिका–४ मुख्यचोकमा रहेको अस्पतालमा तालाबन्दी गरेका हुन् । अस्पतालको लापरवाहीका कारण एउटा युवाले ज्यान गुमाउनुपरेकाले छानबिनका लागि दबाब दिन तालाबन्दी गरिएको स्थानीयवासी एवं शिक्षक श्रीकृष्ण आचार्यले बताए। उनले भने, “अस्पतालको लापरवाहीले एउटा इन्जिनियर गुमाउनुप¥यो, घटनाको सत्यतथ्य छानबिन नभएसम्म ताला खुल्दैन ।”

    रत्नहरि सहित नगरपालिकाभित्र सञ्चालित सबै अस्पतालको जनशक्ति, उपकरण सबैको छानबिन हुनुपर्ने उनकाे भनाइ छ ।

    अस्पतालका सञ्चालक ताराप्रसाद श्रेष्ठले काम गर्दा त्रुटि हुन सक्ने भएपनि तालाबन्दी समाधान नभएको बताए ।