एक अर्बभन्दा बढी बिगो दाबीसहित ११ जनाविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    एक अर्बभन्दा बढी बिगो दाबीसहित ११ जनाविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा

    खबरपुञ्ज संवाददाता

    २० असार २०८०, बिहीबार

    काठमाडाै । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले १ अर्ब १० करोड ४३ लाख ३६ हजार ४ सय रुपैयाँ बिगो दाबी कायम गरी विशेष अदालतमा सम्पत्ति शुद्धीकरण मुद्दा दायर गरेको छ ।

    विल्वा भूमिवन प्रालिको नाममा दर्ता कायम रहेको बाराको जग्गा डेनियल ट्रेडिङ प्रालिले खरिद गरेको भन्ने व्यहोराको फर्जी कागजात खडा गरी कर्जा प्रयोजनका लागि कुमारी बैंक लिमिटेडमा पेश गरेर लिखतसम्बन्धी कसूर गरेको अभियोगमा काठमाडौं जिल्ला अदालतमा समेत मुद्दा विचाराधीन छ । यही प्रकरणमा सम्पत्ति शुद्धीकरणले पनि मुद्दा दायर गरेको हो ।

    नेपाल सरकार वादी रहेको तथा डेनियल ट्रेडिङ्ग प्रालिका सञ्चालक मुक्तिनाथ गौतम समेत प्रतिवादी रहेको मुद्दातर्फ सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छुट्टै अनुसन्धान गरी विशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।

    कुमारी बैंक लिमिटेडका तत्कालीन कार्यकारी अधिकृत अनुजमणि तिमिल्सिना र सो बैंकका तत्कालीन न्युरोड शाखा प्रमुख समेतको मिलेमतोमा फर्जी कागजातका आधारमा लिएको कर्जा रकम मेरालायन इन्टरप्राइजेज कम्पनी प्रालिको नाममा प्रयोग गरी/गराई प्रतिवादीहरूले सम्पत्ति शुद्धीकरणको कसूर गरेको भन्दै ११ जना विरुद्ध मुद्दा दायर गरिएको हो ।