काठमाडौ ।नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को उपाध्यक्षमा श्रीराम पौडेलले उम्मेदवारी दिने भएका छन्। असार ३० गते हुने संघको निर्वाचनमा पौडेलले उपाध्यक्ष पदमा उम्मेदवारी दिन लागेको हुन् ।
आगामी दिनमा अब्बल इक्यान बनाउन र सबैले गौरव गर्न सक्ने पेशागत छाता संस्था बनाउन योगदान गर्ने ध्येयले उम्मेदवारी घोषणा गरेको उनले बताए ।
उनले भने, ‘मेरो उम्मेदवारी मेरा लागि मात्र होइन, इक्यान र सबै शैक्षिक परामर्श व्यवसायीहरुको साझा हितका लागि हो ।
नेपालमा शैक्षिक परामर्श क्षेत्रको विकासका लागि यतिबेला अब्बल अगुवाहरुको खाँचो देखिएको भन्दै उनले व्यवसाय पनि जटिल संक्रमण र अत्यन्त विषम परिस्थितिबाट गुज्रिरहेको उल्लेख गरे ।
उनले थपे, ‘कामचलाउ मानिसहरुबाट हामीले आसन्न चुनौती झेल्न सकिन्न । यस क्षेत्रका समग्र समस्यालाई निकास दिन, हाम्रो सेवामुखी व्यवसायलाई थप अझ सुरक्षित तथा मर्यादित बनाउन सबल र चुस्त इक्यान टीम चाहिन्छ ।’