एनआरएनए अस्ट्रेलियामा कांग्रेसको हस्तक्षेप, उमेदवार डिला चन्दाको फण्डामा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    एनआरएनए अस्ट्रेलियामा कांग्रेसको हस्तक्षेप, उमेदवार डिला चन्दाको फण्डामा

    खबरपुञ्ज संवाददाता

    ११ श्रावण २०८०, शुक्रबार

    काठमाडौ । आसन्न निर्वाचनलाई लिएर गैरआवासीय नेपाली संघ अष्ट्रेलियामा लफडा भएको छ । संघको विधान विपरित केही उम्मेदवारहरूले नेपाली कांग्रेसको साथ खोजेपछि लफडा सुरु भएको हो ।

    आगामी जुलाई २९ मा हुने निर्वाचनमा अध्यक्षको उम्मेदवारी घोषणा गरेका डिला खरेलले संघको विधानलाई मिच्दै भोटका लागि कांग्रेससँग अपिल गरेका छन् । नेपाली कांग्रेसका उपसभापति एवम् हालका कानून मन्त्री धनराज गुरुङसँग संघको विधान विपरित खरेलले चुनावमा सहयोग गर्न आग्रह गरेको पाइएको छ ।

    यति मात्र नभएर खरेलले चुनावको सामून्यमा भोटका लागि चन्दाको फण्डा निकालेका छन् । उनले पर्थमा पशुपतिनाथ, बौद्धनाथ मन्दिर निर्माण गर्ने तथा नेपाली कम्युनिटी सेन्टर बनाउने अभियानमा सहयोग गरेको सामाजिक सञ्जालमा सार्वजनिक गरेकी छन् ।

    जुन चुनावलक्षित फण्डा भएको बुझिएको छ । अध्यक्षका प्रत्याशी खरेल विधानविपरित नै चुनावमा होमिएका व्यक्ति हुन् । नेपाली कांग्रेसको विभिन्न संगठनको पदमा रहेका उनले एनआरएनएको विधान विपरित उम्मेदवारी घोषणा गरेपछि उनको उम्मेदवारी खारेजीको माग गर्दै निर्वाचन समितिमा उजुरी परेको छ ।

    ग्लोबल एनआरएनएको विधान अनुसार, अध्यक्षको उम्मेदवारीका लागि कुनै पनि संस्थामा सदस्य र कुनै पद धारक वा पदाधिकारी हुनु हुँदैन । तर अध्यक्षका प्रत्यासी खरेल भने नेपाली कांग्रेसको विभिन्न समूहमा सक्रिय रहेको पाइएको छ ।

    नेपाली कांग्रेस मात्र नभएर उनी हिमानी ट्रस्टमा समेत सक्रिय देखिएका छन् । जसकारण विधान विपरित अध्यक्ष पदको उम्मेदवारी घोषणा गरेका खरेलको उम्मेदवारी खारेज गर्नका लागि निर्वाचन कमिटीमा उजुरी समेत परिसकेको छ ।