दमाैली । तनहुँ समाज पोर्चुगलको अध्यक्षमा विशाल लामिछाने चयन भएका छन् । प्रवासमा रहेर विभिन्न सामाजिक गतिविधि गर्दै आएको तनहुँ समाज पोर्चुगलको तेस्रो अधिवेशनबाट लामिछानेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।
जसको उपाध्यक्षमा कल्याण पाण्डे, महिला उपाध्यक्षमा सरिता सोती, महासचिवमा विश्वास थापा, सचिवमा सुरेन्द्र थापा, कोषाध्यक्षमा यमेन्द्र क्षेत्री, सहकोषाध्यक्षमा सुरेश थापा चयन भएका छन् ।
समाजका निवर्तमान अध्यक्ष विन्दु बस्नेतको दुई वर्षे कार्यकाल सकिएपछि नयाँ कार्यसमिति चयन भएको छ । बस्नेत गैर आवासीय नेपाली संघको आइसिसी सदस्य पनि हुन् ।
नवनिर्वाचित अध्यक्ष लामिछानेले तनहुँ घर भई पोर्चुगलमा रहेका तनहुँवासीको हकहितका लागि काम गर्ने बताए ।