दमाैली । तनहुँकाे आँबुखैरेनी गाउँपालिका-४ बेनीटारबाट गाजा सहित दुई युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा व्यास नगरपालिका-१० डिहीगाउँ बस्ने २० वर्षीय बुद्धि तामाङ र १९ वर्षीय समिर अच्छामी रहेकाे जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएकाे छ ।
तामाङले चलाएर ल्याउँदै गरेकाे ग ३ प ७१४३ नम्बरकाे माेटरसाइकलाई चेक गर्ने क्रममा निजकाे साथबाट एक किलाे नाै सय २० ग्राम गाजा र पछाडि सवार अच्छामीकाे साथबाट एक किलाे दुई सय ८० ग्राम गाजा बरामद भएकाे प्रहरी नायब उपरिक्षक माेहनबहादुर खाँणले जानकारी दिए ।
पक्राउ परेका दुवै विरुद्ध शुक्रबार तनहुँ जिल्ला अदालतबाट दश दिनकाे म्याद थप गरिएकाे छ ।