क्यान तनहुँ खारेजीको माग गर्दैै उजुरी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    क्यान तनहुँ खारेजीको माग गर्दैै उजुरी

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    दमाैली । क्रिकेट सङ्घ (क्यान) तनहुँ खारेजीको माग गर्दै गण्डकी प्रदेश खेलकुद परिषद्मा उजुरी परेको छ । तनहुँस्थित तीन वटा क्लवका प्रतिनिधिले क्यान तनहुँको नवगठित समिति खारेजीको माग गर्दै आइतबार प्रदेश खेलकुद परिषद्मा उजुरी दिएका हुन् ।

    दमौली राइभल्स क्रिकेट क्लवका प्रविन पौडेल, डिहीगाउँ क्रिकेट क्लवका विनय भण्डारी र बैरेनी क्रिकेट क्लवका सागर घिमिरेले तनहुँ क्रिकेट सङ्घको समिति खारेजीको माग गरेका हुन् ।

    अधिवेशनबाट चुनिएका अधिकांश प्रतिनिधिहरुको साधारण सदस्य बन्नका लागि आवश्यक न्यूनतम मापदण्ड पूरा नभएकाले उक्त समिति खारेज हुनुपर्ने बैरेनी क्रिकेट क्लवका घिमिरेले बताए । एउटै व्यक्ति एक भन्दा बढी सङ्घमा बस्न नमिल्ने प्रष्ट व्यवस्था हुँदाहुँदै नियम मिचेर केही व्यक्तिहरु अरु सङ्घमा पनि रहेको पाइएको उनले बताए ।

    चुनिएका सदस्यहरुले प्रतिनिधित्व गरेर गएको क्लव कुनैपनि निकायमा आधिकारिक रुपमा दर्ता नभइ फर्जी सर्टिफिकेट बनाएको देखिएको भन्दै तनहुँ भन्दा बाहिरका तनहुँलाई प्रतिनिधित्व गरेर कहिल्यै नखेलेका क्रिकेट एकेडेमीका सञ्चालक लगायतका व्यक्तिहरु समेत समितिमा रहेको उनकाे भनाइ छ ।