सुन तस्करीमा जोडिएका कृष्णबहादुर महराका छोरा राहुल पक्राउ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    सुन तस्करीमा जोडिएका कृष्णबहादुर महराका छोरा राहुल पक्राउ

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    काठमाडौं । माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष कृष्णबहादुर महराका छोरा राहुल महरा सीआईबीसमक्ष हाजिर भएका छन् । इलेक्ट्रिक चुरोट (भेप) मा सुन तस्करी प्रकरणमा मुछिएका उनले केन्द्रीय अनुसन्धान ब्युरो-सीआईबीसमक्ष उपस्थित भएको बताएका छन् ।

    ‘कथित ठूलो भनिएको मिडियाले ग्वेवल्स शैलीमा मिडिया ट्रायल गरी हामीमाथि पहिलो छ्याप्ने कोसिस भएकाले स्वयम् सीआईबीमा उपस्थित भई अनुसन्धानमा सहजीकरण गर्दैछु । नबिराउनु, नडराउनु’, राहुलले फेसबुकमा लेखेका छन् ।

    प्रहरीका केन्द्रीय प्रवक्ता कुवेर कठायतले राहुल सीआईबी नियन्त्रणमा रहेको पुष्टि गरे ।भन्सारको सामानमा राखेर भएको सुन तस्करीमा महरा बाबुछोराको नाम जोडिएको थियो । सीआईबीले हालसम्म सुन प्रकरणमा २५ जनाभन्दा बढीलाई पक्राउ गरिसकेको छ । (नेपाल प्रेस)