व्यासका कर्मचारीले निजामति दिवस नमनाउने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    व्यासका कर्मचारीले निजामति दिवस नमनाउने

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    दमौली । तनहुँको व्यास नगरपालिकामा कार्यरत कर्मचारीले निजामति दिवस बहिष्कार गर्ने घोषणा गरेका छन् । बिहीबार प्रमुख प्रशासकीय अधिकृतलाई ज्ञापनपत्र बुझाउँदै कर्मचारीले निजामति दिवस बहिष्कारको घोषणा गरेका हुन् ।

    सङ्घीय निजामती सेवा ऐनको मस्यौदामा स्थानीय तहमा कार्यरत कर्मचारीको मानमर्दन र विभेदपूर्ण मस्यौदा तयार भएको ज्ञापनपत्रमा उल्लेख छ ।

    सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट स्थानीय तहमा कार्यरत कर्मचारीलाई निजामती कर्मचारीको परिभाषामा नसमेटेकाले भदौ २२ गते मनाइँदै आएको निजामती सेवा दिवस बहिष्कार गर्ने निर्ण भएको बताइएको छ ।

    कर्मचारीले बुझाएको ज्ञापनपत्रमा सङ्घीय निजामती सेवा ऐन नभई एकीकृत निजामती सेवा हुनुपर्ने माग गरिएको छ ।

    त्यस्तै स्थानीय तहमा कार्यरत कर्मचारी पदोन्नति भई सङ्घ एवं प्रदेश सेवामा प्रवेश हुँदा सेवा अवधि गणना हुनुपर्ने, स्थानीय तहका सम्पूर्ण कर्मचारीको सेवा निवृत्त हुँदाको रकम सुनिश्चितता हुनुपर्ने, सङघ, प्रदेश र स्थानीय तहका कर्मचारीको सेवा सुविधा तथा वृत्ति विकास सम्बन्धमा विभेद नभई समान हुनुपर्ने, स्थानीय सेवामा कार्यरत कर्मचारीको पूर्ण सुरक्षाको प्रत्याभूति हुनुपर्ने र हाल सञ्चालनमा रहेका निजामती अस्पतालमा सबै सरकारी कर्मचारीलाई समेट्नुपर्ने कर्मचारीको माग छ ।