दमौली । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य कृष्णकुमार श्रेष्ठ किसानले उद्याेग वाणिज्य विभागकाे प्रमुखकाे जिम्मेवारी पाएका छन् । पार्टीले श्रेष्ठलाई उक्त विभागकाे प्रमुख बनाएकाे हाे ।
साथै श्रेष्ठले बारा जिल्लाको सहइन्चार्जको जिम्मेवारी पाएका छन् । बारा क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्य रहेका श्रेष्ठलाई पार्टीले सोही जिल्लाको सहइन्चार्जको जिम्मा दिएको हो । यसका साथै श्रेष्ठलाई बारा क्षेत्र नम्बर ४ को इन्चार्ज समेत बनाइएको छ ।