तनहुँका २३ जनाद्वारा एमाले गण्डकी प्रदेशमा उम्मेदवारी दर्ता (सूची सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    तनहुँका २३ जनाद्वारा एमाले गण्डकी प्रदेशमा उम्मेदवारी दर्ता (सूची सहित)

    खबरपुञ्ज संवाददाता

    १७ आश्विन २०८०, बिहीबार

    दमौली । पोखरामा जारी नेकपा एमाले गण्डकी प्रदेशको प्रथम अधिवेशनमा तनहुँका २३ ज़िले उम्मेदवारी दिएका छन् । अध्यक्षको दुबै प्यानलबाट पदाधिकारीमा अवसर नपाए पनि तनहुँका २३ जना प्रतिनिधिहरुले सदस्य तर्फको विभिन्न क्लष्टरमा उम्मेदवारी दिएका हुन् । तनहुँले पाएको कुनै पनि क्लष्टरमा
    सर्वसम्मत भएको छैन ।

    तनहुँ जिल्लाको भुगोलको खुल्ला तर्फ तनहुँले दुई सदस्य पाएकामा उक्त क्लष्टरमा चार जनाले उम्मेदवारी दिएका छन् । इन्द्रबहादुर कुँवर, मेखबहादुर थापा, रामबहादुर गुरुङ र रामचन्द्र उपाध्यायले जिल्ला भुगोलको खुल्ला तर्फ उम्मेदवारी दिएका हुन् ।

    जिल्लाभरबाट महिला क्लष्टरमा तीन जनाका लागि चार जनाले उम्मेदबारी दिएका छन् । महिला तर्फ कृष्णकुमारी श्रेष्ठ, देवु विष्ट,
    विष्णुमाया ढकाल र रत्नादेवी घिमिरेले उम्मेदबारी दिएका छन् । यस्तै तनहुँले पाएको दलित १ सदस्यका लागि मोहन सुनार र बाबुराम सुनारले उम्मेदबारी दिएका छन् ।

    यसैगरि संघीय निर्वाचन क्षेत्रमा एक÷एक जना सदस्य पाएकामा दुबै क्षेत्रमा दुई÷दुई जनाको उम्मेदबारी परेको छ । क्षेत्र नम्बर १ मा व्यासका अम्मरबहादुर भण्डारी र भानुका प्रेम राना तथा क्षेत्र नम्बर २ मा शुक्लागण्डकीका कमल ढकाल र भिमादका धर्म खनालले उम्मेदवारी दिएका छन् ।

    यस्तै प्रदेश खुल्ला तर्फ तनहुँका खिमबहादुर महत, नारयण खनाल, श्यामराजा महत र सीताराम बजगाईले उम्मेदबारी दिएका छन् भने महिला खुल्ला तर्फ फुलमाया वाग्लेले उम्मेदवारी परेको छ ।