गण्डकीका पूर्व स्वास्थ्यमन्त्री सहित कर्मचारी सम्मानित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    गण्डकीका पूर्व स्वास्थ्यमन्त्री सहित कर्मचारी सम्मानित

    खबरपुञ्ज संवाददाता

    ३० कार्तिक २०८०, शुक्रबार

    दमाैली । तनहुँको आँबुखैरेनी गाउँपालिकाले गण्डकी प्रदेशका पूर्व स्वास्थ्यमन्त्री सहित कर्मचारीहरुलाई सम्मान गरेको छ । आँबुखैरेनी अस्पतालको उद्घाटनका लागि आज यहाँ आयोजित कार्यक्रममा गाउँपालिकाले अस्पताल सञ्चालनमा सहयोग गर्ने पूर्व स्वास्थ्यमन्त्री सहित स्वास्थ्य क्षेत्रमा सहयोग पु¥याएका कर्मचारीलाई सम्मान गरेको हो ।

    सम्मानित हुनेहरुलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्मानपत्र र दोसल्ला प्रदान गरेका छन् ।

    आँबुखैरेनी अस्पताल सञ्चालनका लागि स्वास्थ्य सामग्री सहयोग गर्न भूमिका खेल्ने गण्डकी प्रदेशका पूर्व स्वास्थ्यमन्त्री मधु अधिकारीलाई सम्मान गरिएको छ । त्यस्तै स्वास्थ्य बीमामा सहयोग गर्ने स्वास्थ्य मन्त्रालयका पूर्व सचिव गुणराज लोहनी, अस्पतालका मेडिकल अधिकृत डा. अविनाश कुमार रौनियार, लेखा अधिकृत नारायण ढकाल, शिक्षा क्षेत्रमा योगदान दिने शिक्षा अधिकृत निर्मला कुंवर, प्रशासन अधिकृत नारायणप्रसाद ढकाल, जनस्वास्थ्य निरीक्षक मुकेशकुमार शाह र ल्याव टेक्निसियन अमृत पण्डितलाई सम्मान गरिएको गाउँपालिकाले जनाएको छ ।