पहिराबाट भएको क्षतिप्रति मुख्यमन्त्री गुरुङद्वारा दुःख व्यक्त
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    पहिराबाट भएको क्षतिप्रति मुख्यमन्त्री गुरुङद्वारा दुःख व्यक्त

    खबरपुञ्ज संवाददाता

    ५ श्रावण २०७७, मंगलवार

    तनहुँ/गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले तनहुँको भानु नगरपालिका–९ सिमगैह्रा र गोरखाको गण्डकी गाउँपालिका–४मा सोमबार पहिराले पु¥याएको क्षतिप्रति दुःख व्यक्त गर्नुभएको छ । आज प्रेस विज्ञप्तीमार्फत् मुख्यमन्त्री गुरुङले पहिराले पुरिएर तनहुँमा दुई जना र गोरखामा एक जनाको निधन भएकोप्रति दुःख व्यक्त गर्दै उक्त घटनाले आफूलाई स्तब्ध तुल्याएको उल्लेख गर्नुभएको छ ।

    मुख्यमन्त्री गुरुङले दुःखद घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवार र आफन्तजनमा गहिरो समवेदना प्रकट गर्नुभएको थियो । मुख्यमन्त्री गुरुङले सङ्कटको घडीमा खोजी र उद्धार कार्यमा जुट्ने सबैप्रति धन्यवाद ज्ञापन गर्नुभ्एको छ । पहिराले पुरिएर भानु नगरपालिकामा हजुरआमा र नातिनीको निधन भएको थियो ।

    बाढी तथा पहिरामा परि परिवार गुमाउनुहुने तथा प्रभावित परिवारको तत्काल उद्दार, राहत र पुनस्र्थापनामा तदारुकताका साथ लाग्न सम्बन्धित तहको गम्भीर ध्यानाकर्षण गराउँदै त्यसको लागि प्रदेश सरकारको तर्फबाट आवश्यक सहयोग रहने मुख्यमन्त्री गुरुङले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    अविरल वर्षाका कारण बाढी पहिराको जोखिम बढिरहेका अवस्थामा उद्दार, राहत तथा पुनस्र्थापना कार्यमा सक्रिय भएर जुट्न र यस विषम परिस्थितिमा धैर्यधारण गरी सावधानी र उच्च सतर्कता अपनाउन समेत सम्बन्धित पक्षलाई मुख्यमन्त्री गुरुङले आग्रह गर्नुभएको छ ।