तमु युवा ह्युल छोंज धींको अध्यक्षमा तोरण, महासचिवमा तनहुँका मनराज
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    तमु युवा ह्युल छोंज धींको अध्यक्षमा तोरण, महासचिवमा तनहुँका मनराज

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    दमौली । तमु युवा ह्युल छोंज धींको अध्यक्षमा कास्कीका तोरण गुरुङ चयन भएका छन् । इलाममा सम्पन्न दोस्रो महाधिवेशनबाट गुरुङको अध्यक्षतामा नयॉ कार्यसमिति चयन भएको छ ।

    महासचिवमा तनहुँका मनराज गुरुङ चयन भएका छन् । त्यस्तै उपाध्यक्षमा सर्वजित गुरुङ, महिला उपाध्यक्षमा प्रमिला गुरुङ, कोषाध्यक्षमा विनोद गुरुङ चयन भएका छन् ।

    महाधिवेशनले ७ पदाधिकारी सहित २९ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको छ ।

    प्रदेश प्रमुखमा तमुवानमा अर्जुन गुरुङ र मगरात थरुहटमा सुकमाया गुरुङ चयन भएका छन् ।

    सदस्यहरुमा सुशील गुरुङ, कृष्ण गुरुङ, विक्रम गुरुङ, विशाल गुरुङ, अर्जुन गुरुङ, कृष्ण गुरुङ चयन भएका छन् ।