आन्तरिक पर्यटन प्रवर्द्धनका गर्न ‘जाउँ है पोखरा’
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    आन्तरिक पर्यटन प्रवर्द्धनका गर्न ‘जाउँ है पोखरा’

    खबरपुञ्ज संवाददाता

    २९ मंसिर २०८०, शनिबार

    पोखरा । आन्तरिक पर्यटन प्रवर्द्धनलाई लक्षित गरी होटेल सङ्घ पोखराको आयोजनामा शुक्रबारदेखि पश्चिम नेपालका विभिन्न सहरमा ‘जाउँ है पोखरा’ अभियान सुरु भएको छ ।

    कोभिड–१९ को महामारी, आर्थिकमन्दीलगायत कारणले प्रभावित पोखराको पर्यटनलाई पुनः चलायमान बनाउने उद्देश्यका साथ आगामी पुस ४ गतेसम्म पश्चिम नेपालका विभिन्न सहरमा प्रवद्र्धनात्मक कार्यक्रम गरिने सङ्घका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए ।

    पोखराका पर्यटन व्यवसायी, सञ्चारकर्मीसहित २० सदस्यीय टोली अभियानमा सहभागी छन् । अभियानले पर्यटनमा साझेदारी बढाउँदै पर्यटकीय गतिविधि वृद्धिमा योगदान गर्ने विश्वास पोखराका पर्यटन उद्यमीले गरेका अध्यक्ष सुवेदीले बताए ।

    अभियानअन्तर्गत भैरहवा, नेपालगञ्ज, धनगढी र महेन्द्रनगरमा त्यहाँका पर्यटनसम्बद्ध पदाधिकारी, पर्यटन व्यवसायीसँग छलफल एवं गरिनेछ । विगत दुुई दशकयता बर्सेनि ‘जाउँ है पोखरा’ अभियान आयोजना हुँदै आएको छ । –––