कमलबारीमा बस दुर्घटना : १८ यात्रु घाइते (नामावली सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    कमलबारीमा बस दुर्घटना : १८ यात्रु घाइते (नामावली सहित)

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१


    दमौली । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका-१२ कमलबारीमा आइतबार बस दुर्घटना हुँदा १८ यात्रु घाइते भएका छन्। 
    मुग्लिङ तर्फबाट पोखरा तर्फ जान आउदै गरेको ग २ ख १४५९ नम्बरको बस दुर्घटनामा बसमा सवार १८ जना घाइते भएका हुन्  बसले टिप्परलाई ओभरट्याक गर्ने क्रममा बसको दाहिने टायर सडकबाट तल खस्न गई दुर्घटना भएको प्रहरी नायब उपरिक्षक मोहनबहादुर खॉणले जानकारी दिए । 

    घाइते हुनेमा तनहुँ भानु नगरपालिका वडा नं १ साजबोटे बस्ने बर्ष १० की असिमा साही, भानु नगरपालिका वडा नं ३ बस्ने चाम्बास बस्ने बर्ष २१ की सबिता सुनार,  वर्ष १९ की सबिना सुनार,  मोरङ कटेरी गाउँपालिका वडा नं २ बस्ने बर्ष ३० को प्रदिप गोदार रहेका छन् । 

    त्यस्तै भोजपुर टेम्केमैयुङ गाउँपालिका वडा नं। ९ हिलेखर्ख बर्ष ४० को सुरन राई, व्यास नगरपालिका वडा नं। २ बस्ने बर्ष ३४ की पिल्लिमाया थापा, बन्दीपुर गाउँपालिका वडा नं। १ बस्ने बर्ष ५२ की ज्ञानदेबी श्रेष्ठ, सोही ठाउँ बस्ने बर्ष २० की स्नेहा श्रेष्ठ, व्यास नगरपालिका वडा नं २ बस्ने बर्ष २१ को एन्जल भट्टराई, ऑबुखैरेनी गाउँपालिका वडा नं। ५ छिम्केश्वरी बस्ने बर्ष ४१ को पुर्ण बहादुर गुरुङ घाइते भएका छन् । 

    यस्तै भानु नगरपालिका वडा नं।१ साझबोटे बस्ने बर्ष २६ की बबिता थापा, सोही ठाउँ बस्ने बर्ष ३० को नबिन थापा, बर्ष १२ की दुर्गा थापा, बर्ष ७ की नबिना थापा, व्यास नगरपालिका वडा नं २ डाङग्रे खोल्सी बस्ने बर्ष ४० की दिपा थापा, भोजपुर टेम्केमैयुङ गाउँपालिका वडा नं ९ हिलेखर्क बस्ने बर्ष ५० की सुमित्रा राई, ब्यास नगरपालिका वडा नं ११ मुलपानी बस्ने बर्ष ३६ की जुनु भट्टराई, वर्ष ८ की पुर्णिमा भट्टराई रहेका छन् । 

    घाइतेमध्ये दश जनाको दमौली अस्पतालमा र आठ जनाको पोखरा मणिपाल  शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।