तनहुँ जिल्लास्तरीय राष्ट्रपति रनिङशिल्डको उपाधि व्यासलाई
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    तनहुँ जिल्लास्तरीय राष्ट्रपति रनिङशिल्डको उपाधि व्यासलाई

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    दमौली । जिल्ला खेलकुद विकास समिति तनहुँले आयोजना गरेको पन्ध्रौ जिल्लास्तरीय राष्ट्रपति रनिङशिल्डको उपाधि व्यास नगरपालिकाले जितेको छ । सोमबार र मङ्गलबार आयोजित प्रतियोगितामा कूल २५ पदक जित्दै व्यास नगरपालिकाले उपाधि जितेको हो । व्यास नगरपालिका अघिल्लो वर्षको समेत विजेता हो ।

    प्रतियोगितामा शुक्लागण्डकी नगरपालिका द्वितीय भएको छ । शुक्लागण्डकी नगरपालिकाले कूल दश पदक जितेको छ । शुक्लागण्डकीले पाँच स्वर्ण, तीन रजत र दुई कास्य पदक जितेको छ ।

    त्यस्तै बन्दीपुर गाउँपालिका तृतीय भएको छ । बन्दीपुरले कूल चार पदक जितेको छ । बन्दीपुरले तीन स्वर्ण र एक कास्य पदक जितेको छ ।

    विजेता व्यास नगरपालिकालाई ट्रफी र रनिङशिल्ड प्रदान गरिएको खेलकुद विकास समितिका अध्यक्ष अनिल पाण्डेले राससलाई जानकारी दिए ।

    छात्रछात्रा भलिबलतर्फ दुवैको उपाधि शुक्लागण्डकी नगरपालिकाले जितेको छ । त्यस्तै छात्रछात्रा दुवैमा भिमाद नगरपालिका द्वितीय भएको छ । छात्रतर्फ तृतीय देवघाट गाउँपालिका र छात्रातर्फ आँबुखैरेनी गाउँपालिका तृतीय भएको छ ।

    कबड्डी छात्रमा प्रथम बन्दीपुर गाउँपालिका, द्वितीय म्याग्दे गाउँपालिका र तृतीय व्यास नगरपालिका भएको छ । छात्रातर्फ व्यास नगरपालिका प्रथम, म्याग्दे गाउँपालिका द्वितीय र भानु नगरपालिका तृतीय भएको छ ।

    एथलेटिक्समा व्यास नगरपालिका प्रथम, शुक्लागण्डकी नगरपालिका द्वितीय र म्याग्दे गाउँपालिका तृतीय भएको छ ।

    प्रतियोगितामा भलिबल, एथलेटिक्स, कबड्डी, कँराते, तेक्वान्दो र उस्सु लगायतका खेल सञ्चालन गरिएको थियो ।

    प्रतियोगितामा जिल्लाका १० वटै स्थानीय तहका सात सय भन्दा बढि विद्यार्थीहरुको सहभागिता रहेको थियो । पालिका स्तरमा आयोजित राष्ट्रपती रनिङसिल्ड प्रतियोगितामा उत्कृष्ट भएका विद्यार्थी नै जिल्ला स्तरको प्रतियोगितामा सहभागी भएका थिए । जिल्ला स्तरमा भएको प्रतियोगितामा उत्कृष्ट प्रतिभा देखाएका एक सय ५० जना खेलाडीहरु प्रदेश स्तरीय प्रतियोगितामा सहभागी हुने पाण्डेले बताए ।