रुसी सेनामा कार्यरत थप एक नेपालीको मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    रुसी सेनामा कार्यरत थप एक नेपालीको मृत्यु

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    काठमाडाै । रुसी सेनामा भर्ना भएका थप एक जना नेपालीको मृत्यु भएको छ । लमजुङको दूधपोखरी गाउँपालिका–१ घामर चोकका ३२ वर्षीय साजन गुरुङको मृत्यु भएको हो । दूधपोखरी गाउँपालिकाका उपाध्यक्ष क्षेत्रबहादुर गुरुङले उनको मृत्यु भएको वडाध्यक्ष दुर्गामान गुरुङले जानकारी दिए ।

    मृत्यु भएको खबर आउनुभन्दा पहिला लामो समय साजन सम्पर्कबिहीन भएको बताइएको छ । अहिले सम्पर्क नभएपछि मृत्युको आशंका भएको थियो । पछि मृत्यु भएको पुष्टि भयो ।

    अवैध रुपमा रुसी सेनामा भर्ना भएका नेपाली युवाहरूको मृत्यु भएका खबरहरू आइरहेका छन् । १५ जना नेपालीको मृत्यु भएको पुष्टि भइसकेको छ ।प्रतिक्रिया दिनुहोस्