दमौली । २०६२/६३ को आन्दोलनमा टाउको भत्काइएको व्यास-३ स्थित राजा महेन्द्रको शालिकमा बुधबार बिहानै टाउको हालिएको छ । टाउको बिना रहँदै आएको शालिकमा बिहानै टाउको हालिएको हो ।
उक्त टाउको राप्रपा तनहुँका कार्यकर्ताले राखेका हुन् । यसअघि गत पुस २७ पृथ्वीजयन्तीको दिन राप्रपाले शालिकमा टाउको राख्ने हल्ला फैलिएपछि प्रहरीले बिहानैदेखि उक्त ठाउँलाई कब्जामा लिएको थियो । त्यसक्रममा राप्रपाका कार्यकर्ताले टाउको राख्न पाएका थिएनन् ।
टाउको पुनस्थापन गरिएपछि अधिकांशले उक्त कार्यको प्रशंसा गरेका छन् ।