सचिन स्मृति दौडको उपाधि काठमाडौका यादवलाई
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    सचिन स्मृति दौडको उपाधि काठमाडौका यादवलाई

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    दमौली । रोटर्याक्ट क्लव दमौलीले शनिबार आयोजना गरेको २१ औ सचिन स्मृति दौडको उपाधि काठमाडौका अजितकुमार यादवले जितेका छन् ।

    व्यास नगरपालिका-३ अनसनचोकदेखि व्यास नगरपालिका-१४ छाब्दीसम्मको ९ किमी दूरी २८ मिनेट १८ सेकेण्डमा पार गर्दै यादवले उपाधि जितेका हुन् । 

    प्रतियोगितामा गोरखाका दिनेशसिंह बोगटी द्वितीय भएका छन् । उनले उक्त दूरी २८ मिनेट २९ सेकेण्डमा पूरा गरे । त्यस्तै सिन्धुपाल्चोकका मिङ्मारसिंह तामाङ तृतीय भए । उनले उक्त दूरी २९ मिनेट १८ सेकेण्डमा पूरा गरे । तनहुँका सनम गुरुङले उक्त दूरी २९ मिनेट ४५ पूरी गर्दै सान्त्वना भए । 

    प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमश: रु १५ हजार, रु १२ हजार र रु आठ हजार नगद पुरस्कार प्रदान गरिएको क्लवका अध्यक्ष अनुज विमलीले जानकारी दिए । 

    क्लवका संस्थापक सचिव सचिन श्रेष्ठको स्मृतिमा क्लवले हरेक वर्ष दौड प्रतियोगिता आयोजना गर्दै आएको छ । क्लवको कार्यक्रममा सहभागी हुन भारतको कलकत्ता जाने क्रममा श्रेष्ठको बस दुर्घटनामा परी मृत्यु भएको थियो ।