काठमाडौ । पूर्वमन्त्री एवं बारा-४ का सांसद कृष्णकुमार श्रेष्ठ किसानले मुस्लिम समुदायको महान पर्व रमदानको शुभकामना व्यक्त गरेका छन्। मंगलबार एक सन्देश जारी गरी श्रेष्ठले पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका समस्त आमाबुबा दाजुभाई तथा दिदीबहिनीहरु, बारा जिल्लाबासी, बारा–४ का क्षेत्रबासीहरुमा सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि एवम् उत्तरोत्तर प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका हुन् ।
एक महिनासम्म चल्ने यस पर्वमा मुसलमानहरु दिनभर निराहार व्रत बस्छन् । बिहानको नमाज पढेपछि सुरु भएको रोजा व्रत बेलुकाको नमाज सुनेर मात्रै खाने चलन छ ।
निराहार बस्नुलाई रोजा भनिन्छ । रोजाको समय सूर्य उदाउने र अस्ताउने तालिकाका अनुसार तय हुने गर्छ । रोजा बस्न बिहान तोकिएको समय अगावै र बेलुका तोकिएको समयपछि मात्रै आहार लिइन्छ ।