एजेन्सी । लोनमा बार्सिलोना पुगेका आफ्नै खेलाडी जोआओ फेलिक्सको उत्कृष्ट प्रदर्शनमा एट्लेटिको म्याड्रिड बार्सिलोनासँग ३-० ले पराजित भएको छ।
यसै सिजनको सुरुवातमा पोर्चुगिज स्टार एट्लेटिकोबाट लोनमा बार्सिलोना पुगेका थिए।
पहिलो पटक घरेलु मैदानमा हार बेहाेरेकाे एट्लेटिको विरुद्ध फेलिक्सले ३६ औं मिनेटमा रोवर्ट लेवान्डोस्कीको पासको सदुपयो गरेका थिए। यद्यपि उनले आफ्नो गोलको सेलिब्रेसन भने गरेनन्।
पहिलो हाफमा १-० को अग्रता बनाएको बार्सिलोनाले लेवान्डोस्कीको गोलमार्फत् ४७ औं मिनेटमा बराबरी गरेको थियो। ६५ औं मिनेटमा लोपेजले बार्सिलोनाको अग्रता ३-० मा पुर्याए।
जितपछि बार्सिलोनाले २९ खेलबाट ६४ अंक बनाउँदै दोस्रो स्थानमा उक्लिएको छ। जिरोनालाई २ अंकले पछि पारेको बार्सिलोना शीर्ष स्थानको रियल म्याड्रिड भन्दा ९ अंकले पछि छ।