दमौली । व्यास नगरपालिका-४ निवासी युवा अभियान्ता महमद गफ्फार (सुदीप) ले सामाजिक सुरक्षा भत्ता लिन आवतजावतमा समस्या भएका ज्येष्ठ नागरिकलाई सवारी सुविधा दिने घोषणा गरेका छन् ।
व्यास नगरपालिका-१,२,३ र ४ का ज्येष्ठ नागरिक जसलाई हिड्न गाह्रो हुने तर बाइकमा सहजै जान सक्नेलाई आफूले उक्त सुविधा दिने उनले उल्लेख गरेका छन् । उनले भने, ‘ घरबाट वृद्ध भत्ता लिन जाने ठाउँसम्म लैजान र घरसम्म ल्याउन सहयोग गर्नेछु ।’
युवा अभियान्ता गफ्फार पछिल्लो समय सामाजिक काममा सक्रिय भएर लागेका छन् । उनको यो कार्यलाई सबैले प्रशंसा गरेका छन् ।