तनहुँका २५ विद्यालयमा ग्रीन आर्मी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँका २५ विद्यालयमा ग्रीन आर्मी

    खबरपुञ्ज संवाददाता

    १८ बैशाख २०८१, बुधबार

    दमौली । तनहुँका पालिकाहरूले ग्रीन आर्मी कार्यक्रम भित्र्याएका छन्। भानु नगरपालिका र बन्दीपुर गाउँपालिकाका २५ विद्यालयमा ग्रीन आर्मी विद्यालय कार्यक्रम सुरु भएको छ। तनहुँको बन्दीपुर गाउँपालिका र भानु नगरपालिकाका विभिन्न विद्यालयमा ग्रीन आर्मी कार्यक्रम सुरु भएको ग्रीन आर्मीका जिल्ला संयोजक वसन्त पौडेलले जानकारी दिए।

    चैत १५ गतेबाट बन्दीपुर गाउँपालिका स्थित पवित्र माध्यमिक विद्यालयबाट करिब ५० जना विद्यार्थी र भानु माध्यमिक विद्यालयबाट ५० जना विद्यार्थी गरी १०० जना विद्यार्थी ग्रीन आर्मी विद्यालय कार्यक्रममा समावेश रहेका छन्। यस्तै भानु नगरपालिकाको १३ वटै वडाको २१ वटा विद्यालयबाट करिब १००० जना विद्यार्थी ग्रीन आर्मी विद्यालय कार्यक्रममा समावेश भएको पौडेलले जानकारी दिए।

    ग्रीन आर्मी कार्यक्रम अहिले देशका ४८ वटा जिल्लाहरूमा जिल्ला अध्याय तथा कमाण्डहरू सञ्चालन भएको ग्रीन आर्मी नेपालका चिफ मार्सल सविन शर्माले जानकारी दिए।

    ग्रीन आर्मी कार्यक्रम अन्तर्गत बढ्दो वातावरण प्रदूषणलाई विद्यालय स्तरबाटै न्यूनीकरण गर्ने, विद्यालयहरूमा ग्रीन आर्मी अध्याय गठन गरी हरित विद्यालय हरित समुदाय, स्वावलम्बी सोच, जनस्वास्थ्य, प्राथमिक उपचार, पिटी, परेड, आत्मरक्षा क्षमता अभिवृद्धि, व्यक्तित्व विकास, कलात्मक क्षमता, विपद व्यवस्थापन सम्बन्धी आधारभूत क्षमता अभिवृद्धि तथा अन्य सीपमूलक कार्यक्रम गर्ने छ ।

    नगरका विद्यालयहरूमा अनिवार्य रुपमा पोलिथिन झोला तथा अन्य वातावरण विनाशकारी वस्तुहरू प्रयोगमा न्यूनीकरण गर्दै लैजाने, पढ्दै कमाउँदै कार्यक्रम, स्थानीय तहका सबै बालबालिकाको आगामी पिढीलाई वातावरण संरक्षणको महत्व बुझाई संरक्षणमा संलग्न गराउने
    विद्यालयका विद्यार्थी मार्फत नै हरित तथा वातावरण मैत्री विद्यालय स्थापना गरी घरघरमा फोहोर व्यवस्थापन सहितको हरियाली टोली निर्माण गर्न प्रेरित गर्ने उद्यमशीलता तथा कृषि उत्पादनमा जोड दिई स्वदेशमै रोजगारीको सिर्जना गर्ने जस्ता कार्यक्रमहरू रहेका छन्।