काठमाडौं । पाँच दिनअघि भाउ घटरे उपभोक्ताले राहत पाए पनि अन्डाको भाउ बढेको छ । १९ वैशाखमा घटाएको कुखुराको अन्डाको भाउ नेपाल लेयर्स कुखुरापालक संघले बढाएको हो ।
संघ अध्यक्ष विनोद पोखरेलले अहिले बजार बिस्तारै बढेकाले किसानलाई राहत दिन भाउ बढाएको दाबी गरे । ‘अघिल्लो वर्ष योभन्दा धेरै बढी थियो, तर बीचमा लामो समय लागत मूल्यमै बेच्नुपर्यो । तर, अब फेरि मार्केट बढ्दा हाम्रो भेलाले तोकेर नै बढाएको हो ।’