दमाैली । नेकपा (एमाले) तनहुँको अध्यक्षमा हरिराज कंडेलले अग्रता कायम गरेका छन् । सोमबार राति ८ बजेसम्मको मतपरिणाम अनुसार कंडेलले ५७ मत प्राप्त गरेका छन् । अध्यक्षका प्रतिस्पर्धी विष्णुभक्त सिग्देलले ४९ मत प्राप्त गरेका छन् ।
उपाध्यक्षमा राजेश्वर ढकालले ५३ र श्रीराम कार्कीले ५३ मत प्राप्त गरेका छन् । सचिवमा प्रदीपराज अधिकारीले ५२ र अनिल पाण्डेले ५३ मत प्राप्त गरेका छन् ।
उपसचिवमा खिम कुमालले ६० र आरके पोख्रेलले ४२ मत प्राप्त गरेका छन् । उपसचिव खुल्लामा सुनिता नेपालीले ५५ र बसुन्धरा घर्तीले ४७ मत प्राप्त गरेका छन् ।
निर्वाचनमा पाँच सय ८५ मतदातामध्ये पाँच सय ६० मत खसेको थियो ।