दमौली । व्यास नगरपालिकाका मेयर उम्मेदवार दीपकराज जोशीले पुन मतगणना गर्न माग गर्दै उच्च अदालत पोखरामा दर्ता गरेको मुद्धामा सुनुवाई भएको छ ।
मतगणना कार्य बदर गरी पुन मतगणना गरी पाउँ भनी दर्ता गरेको मुद्धामा मंगलबार सुनुवाई सकिएको हो ।
दुई सय५२ मतअन्तरले पराजित भएका जोशीले पुन मतगणनाको माग गर्दै मुद्धा दर्ता गरेका थिए ।