माछामासु पसल छिर्ने ठाउँमा रहेको बोर्डबाट आगो लागेको हुन सक्ने एसपीको अनुमान
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    माछामासु पसल छिर्ने ठाउँमा रहेको बोर्डबाट आगो लागेको हुन सक्ने एसपीको अनुमान

    खबरपुञ्ज संवाददाता

    ६ जेष्ठ २०८१, सोमबार

    दमाैली । जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरिक्षक अपिलराज बोहोराले फलफूल लाइनमा लागेको आगलागीका कारण त्यहाँ रहेको बोर्ड हुन सक्ने सङ्केत गरेका छन् । फलफूल लाइन तथा माछामासु पसल छिर्ने ठाउँमा रहेको होर्डिङ बोर्डका कारण आगलागी भएको हुन सक्ने अनुमान गरिएको उनको भनाइ छ ।

    उनले भने, “त्यहाँ सधैं करेन्ट लाग्ने रहेछ, त्यो आजमात्रै थाहा भयो । त्यहाँ रहेको पिल्लरमा सधैं करेन्ट लाग्ने रहेछ । त्यहाँको विद्युत राम्रोसँग मर्मत गर्नुपर्ने रहेछ भन्ने पहिल्यै जानकारी हुन पाएको पाए घटना नघट्न सक्थ्यो ।”

    आगलागीका घटना न्यूनीकरणका लागि प्रहरीले सक्दो सहयोग गरेको भन्दै उनले हावाहुरीका कारण पनि एउटा सटरबाट अर्को सटरमा आगो सल्किएको बताए । उनले भने, “सटरमा लागेको आगो अर्कोमा नसल्किओस् भन्नका लागि डोजर ल्याएर ब्रेक गर्न खोजेको पनि हो । डोजर खोज्नै समम लाग्यो, डोजर फेला परेपनि सानो डोजर हुँदा समस्या भयो ।”