दमौली । जिल्ला ट्राफिक प्रहरी कार्यालय दमौलीबाट सिमलटार सरेको छ । व्यास-४ दमौलीस्थित मुख्यचोकमा रहेको कार्यालय सोही वडाको सिमलटारमा सरेको हो ।
विगत लामो समयदेखि जिल्ला प्रहरी कार्यालय अगाडीको घरमा भाडामा सञ्चालन हुँदै आएको कार्यालय जेठ २ देखि सिमलटारस्थित सुगम पेट्रोलपम्पको अगाडीबाट निम्तो पार्टी प्यालेस हुँदै अन्दाजी १५० मिटरभित्र सरेको हो ।