एमाले तनहुँको अधिवेशनमा १५ लाख खर्च
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    एमाले तनहुँको अधिवेशनमा १५ लाख खर्च

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    दमौली । नेकपा (एमाले) तनहुँको दशौ अधिवेशनमा साढे १५ लाख खर्च भएको छ । गत वैशाख २८ गतेदेखि जेठ १ गतेसम्म सम्पन्न पार्टीको दशौ अधिवेशनमा १५ लाख ६४ हजार नौ सय ८३ खर्च भएको छ ।

    पार्टीका लेखा कमिटी अध्यक्ष प्रेमप्रसाद पौडेलका अनुसार खाना तथा आवासमा ११ लाख ९३ हजार ७ सय ९३ खर्च भएको छ । त्यस्तै यातायातमा ७० हजार पॉच सय, हलभाडामा ८७ हजार नौ सय ८५, छपाईमा ९८ हजार आठ सय ६० र प्रचारप्रसारमा एक लाख आठ सय ३० खर्च भएको छ ।

    यस्तै आम्दानीतर्फ प्रतिनिधि शुल्कबाट ५६ हजार छ सय, सम्पर्क मञ्चबाट ४१ हजार , लेभीबाट एक लाख ३८ हजार तीन सय ८३ आम्दानी भएको थियो । त्यस्तै बैंकमा ८ लाख ७९ हजार मौज्दात थियो ।

    अधिवेशनको आम्दानी खर्च बुधबार आयोजित पहिलो बैठकले सर्वसम्मत पारित गरेको छ ।