अन्तरपालिका भलिबल : शुक्लागण्डकी र घिरिङको फाइनल हावाहुरी र पानीले बिथोलियो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    अन्तरपालिका भलिबल : शुक्लागण्डकी र घिरिङको फाइनल हावाहुरी र पानीले बिथोलियो

    खबरपुञ्ज संवाददाता

    १८ जेष्ठ २०८१, शनिबार

    दमौली । तनहुँमा जारी अन्तरपालिका स्तरीय भलिबल प्रतियोगिताको फाइनल खेल हावाहुरी र पानीले बिथोलिएको भएको छ । तेस्रो सेट चल्दै गर्दा हावाहुरी आएपछि खेल बिथोलिएको हो ।

    पहिलो सेट घिरिङ गाउँपालिकाले र दोस्रो सेट शुक्लागण्डकी नगरपालिकाले जितेको थियो ।

    शनिबार नै भएको तेस्रो स्थानको खेल भिमाद नगरपालिकाले जितेको छ । ऋषिङलाई हराउँदै भिमाद तेस्रो भएको हो ।