दमौली । तनहुँ क्रिकेट संघको आयोजनामा दमौलीमा जारी तनहुँ स्कूल क्रिकेट लिगमा व्यास-२ स्थित सत्यवती मावि सेमिफाइनल प्रवेश गरेको छ । शनिबार भएको खेलमा पञ्चमुनीदेव माविलाई हराउँदै सत्यवती सेमिफाइनल प्रवेश गरेको हो ।
सत्यवतीले पञ्चमुनिलाई २९ रनले पराजित गरेको छ । सत्यवतीले १९.४ओभरमा दश विकेटको क्षतिमा एक सय १४ रन बनायो । जवाफी व्याटिङमा उत्रिएको पञ्चमुनिले ११.१ ओभरमा दश विकेटको क्षतिमा ८५ रन बनायो ।
यस्तै शनिबार नै भएको खेलमा रामज्योति बोर्डिङ स्कूल दुई सय २८ रनले विजयी भएको छ । रामज्योतिले भानु माविलाई १९.३ ओभरमा दश विकेटको क्षतिमा दुई सय ६८ रनको लक्ष्य प्रस्तुत गरेकामा भानुले ८.५ ओभरमा दश विकेट गुमाउँदै ४० रन बनायो ।