दही चिउरा खुवाएर पीडित गुरुङको उपचारका लागि ३५ हजार सङ्कलन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    दही चिउरा खुवाएर पीडित गुरुङको उपचारका लागि ३५ हजार सङ्कलन

    खबरपुञ्ज संवाददाता

    १५ असार २०८१, शनिबार

    दमाैली । आन्द्राको समस्याबाट पीडित भइ उपचारमा कठिनाइ भएकी म्याग्दे गाउँपालिका–१ बाख्रे निवासी सलिना गुरुङको उपचारका लागि युवा अभियान्ता सुदीप गफ्फारको सक्रियतामा रु ३५ हजार बढी आर्थिक सङ्कलन भएको छ ।

    दमौली बजारका विभिन्न ठाउँमा सर्वसाधारणलाई दही चिउरा खुवाएर शुक्रबार र शनिबार गरी रु ३५ हजार तीन सय २५ सङ्कलन भएको हो ।

    शुक्रबार रु २० हजार र शनिबार रु १५ हजार सङ्कलन भएको उनले जानकारी दिए । देउराली नगर आमा समूहले एकमुष्ट रु चार हजार एक सय ५० सहयोग गरेको थियो ।

    त्यस्तै शनिबार व्यास नगरपालिका–३ अनसनचौतारीमा सर्वसाधारणलाई दही चिउरा खुवाएर रु ११ हजार बढी सङ्कलन भएको छ । उनले भने, “असार १५ मा दही चिउरा खाने प्रचलनलाई हामीले पीडितको राहत सङ्कलनसँग जोडेका हौ । दही चिउरा खानेले स्वतस्फूर्त रुपमा सकेको सहयोग गर्नुभएको छ ।” सङ्कलित रकम केही दिनमै पीडितको घरमा पुगेर हस्तान्तरण गरिनेछ ।

    गफ्फारको अभियानका लागि दि नेक्स्ट एजुकेशन कन्सल्टेन्सी दमौली शाखा, र्याफल्स कन्सल्टेन्सीले पनि सहयोग गरेका छन् ।