भिमादमा बाढीको डुबानले घरमा थुनिएका तीन जनाको उद्धार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    भिमादमा बाढीको डुबानले घरमा थुनिएका तीन जनाको उद्धार

    खबरपुञ्ज संवाददाता

    २२ असार २०८१, शनिबार

    दमाैली । तनहुँको भिमाद नगरपालिका–५ मालेबगरमा बाढीको डुबानले घरमा थुनिएका तीन जनाको शनिबार उद्धार गरिएको छ । अविरल वर्षाका कारण सिग्दीखोलामा आएको बाढीले स्थानीय दीपक तामाङको घर डुबानमा परेपछि प्रहरी र नेपाली सेनाको सहयोगमा तीन जनाको उद्धार गरिएको हो ।

    बाढीका कारण दुवैतर्फबाट खोलाले घेरेपछि घरमै थुनिएका निज तामाङ, श्रीमती र छोरी गरी तीन जनाको नेपाली सेनार नेपाल प्रहरीको संयुक्त टोलीले शकुसल उद्धार गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक दीपक रायले जानकारी दिए।

    यसैगरी प्रहरीले व्यास नगरपालिका–१३ बेलबासमा सेती नदीको पानी पसेर घर डुबानका परेका स्थानीयको उद्धार र सामग्री सुरक्षित स्थानमा सारेको छ । बेलबासस्थित हरिमाया पौडेलको घर, न्यु भिजन बोर्डिङ स्कूल र सिद्धबेनी माविमा बाढी पसेपछि प्रहरीले ती घर तथा विद्यालयको सामग्री सुरक्षित स्थानमा सारेको हो ।