दमाैली । थर्पु युवा क्लवले आयोजना गरेको तेस्रो व्याडमिन्टन कपको उपाधि नारायण शाही र सुनिल दवाडीको जोडीले जितेको छ । शनिबार सम्पन्न फाइनलमा कुशल थापा र कामन थापाको जोडीलाई हराउँदै नारायण र सुनिलले उपाधि जितेका हुन् ।
त्यस्तै सुबोध आले र रेख श्रेष्ठको जोडी तृतीय भएको छ । प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः रु २५ हजार, रु १५ हजार र रु पाँच हजार नगद पुरस्कार प्राप्त गरेका छन् ।
विजयीलाई म्याग्दे गाउँपालिका–४ का वडाध्यक्ष दीपक श्रेष्ठले पुरस्कार वितरण गरेका थिए ।