नवोदित कलेज : उच्च शिक्षामा गुणस्तरीय रूपमा स्थापित नयाँ पहिचान
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    नवोदित कलेज : उच्च शिक्षामा गुणस्तरीय रूपमा स्थापित नयाँ पहिचान

    दुर्गानिधी कौडाल

    २५ असार २०८१, मंगलवार

    काठमाडौ । सामाखुशीमा रहेको नवोदित कलेजले उच्च शिक्षाको उत्कृष्ट गन्तव्यको रुपमा छुट्टै पहिचान स्थापित गर्न सफल भएको छ। नवोदित कलेजले भर्खरै माध्यामिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण गरेका विद्यार्थीहरुको प्रमुख रोजाइको आकर्षक शैक्षिक संस्थाको रुपमा आफूलाई स्थापित गरेको प्रिन्सिपल राजेन्द्र अधिकारीले बताए।

    शैक्षिक क्षेत्रमा लामो अनुभव हासिल गरेका शिक्षाविद् र सफल व्यवस्थापकहरुले सञ्चालन गरेको उक्त कलेज गुणस्तरीय शैक्षिक संस्थाको रुपमा स्थापित भएको अधिकारी बताउँछन्।

    उच्च शिक्षा अध्ययनको लागि उत्कृष्ट शैक्षिक वातावरण रहेको र नयाँ भर्नाको लागि आवेदन दिने विद्यार्थीको संख्या पनि उल्लेख्य रहेको कलेज प्रशासनले हामीलाई जानकारी गराएको छ। कलेजले विज्ञान, व्यवस्थापन, मानवीकी, र कानून संकायमा विद्यार्थी भर्ना लिइरहेको छ।

    ‘गुणस्तरीय शिक्षासँगै विद्यार्थीको व्यक्तित्व विकासमा विशेष ध्यान दिँदै आएका छौं । यहाँ विद्यार्थीहरूले आफ्नो अन्तरनिहित प्रतिभा प्रस्फुटन गर्ने वातावरण पाउँछन् । हाम्रो यो अथक प्रयासलाई विद्यार्थीहरूले प्रशंसा गरेका छन्, र सबै विद्यार्थीहरू सन्तुष्ट छन्,’ सहायक प्रिन्सिपल जि बि अधिकारीले भने।

    नवोदित कलेजका विद्यार्थीहरुले राष्ट्रिय परीक्षा बोर्ड (एनइबी)को परीक्षामा लगातार उत्कृष्ट नतिजा प्राप्त गर्दै आएका छ्।“एनइबीको परीक्षामा नवोदित कलेजका विद्यार्थीहरुको नतिजा निकै राम्रो छ,” कलेजका कार्यकम सम्योजक कृश्न बिलास अधिकारीले भने।

    “शैक्षिक संस्थाको गुणस्तर मापन गर्ने प्रमुख आधार मध्ये एक हो परीक्षामा विद्यार्थीको प्रदर्शन, र यसमा हामी उत्कृष्ट छौं।”उनका अनुसार, बोर्ड परीक्षामा धेरैजसो विद्यार्थीले उच्च अंक प्राप्त गरेका छ्न्।“कक्षा ११ र १२ को परीक्षा परिणाम हेर्दा विद्यार्थीहरु आफैं पनि सन्तुष्ट छन्,” अधिकारीले थपे। “विद्यार्थीहरुको सर्वाङ्गीण विकासमा कलेजले दिएको ध्यानले गर्दा नै यस्ता उत्कृष्ट नतिजा सम्भव भएको हो।”

    नवोदित कलेजले अतिरिक्त क्रियाकलापहरूको छुट्टै पहिचान स्थापना गरेको छ। कलेज परिसरमा बास्केटबल, टेबलटेनिस, ब्याडमिन्टन खेलकुदका लागि सुविधा छ। यसअतिरिक्त, अतिरिक्त क्रियाकलापहरूलाई कलेजको वार्षिक शैक्षिक क्यालेण्डरमा समावेश गरी नियमित रूपमा सञ्चालन गरिने गरेको छ। सहायक प्रिन्सिपल जिबी अधिकारीले भने, “विद्यार्थीले अतिरिक्त क्रियाकलापबाट पनि कक्षाकोठामा जत्तिकै सिक्ने अवसर पाउँछन्। यसले उनीहरूलाई व्यवहारिक रुपमै सक्षम बनाउँछ। विद्यार्थीलाई कक्षामा जत्तिकै प्राथमिकता अतिरिक्त क्रियाकलापमा पनि दिने गरेका छौं।” साथै “गुणस्तरीय शिक्षा, अनुभवी शिक्षकहरू र अतिरिक्त क्रियाकलापहरू सहितको सर्बसुलब शुल्कमा अध्यापन गर्न पाइने एक नमुना कलेजको रुपमा नवोदित कलेजलाइ लिन सकिने सहायक प्रिन्सिपल जि.बी. अधिकारीले बताएका छ्न।”

    नवोदित कलेजले कक्षा ११ र १२ मा प्रशस्त छात्रवृत्ति प्रदान गर्ने योजना बनाएको छ। कलेजले एसईई परीक्षामा ४ जिपिए ल्याएका विद्यार्थीलाई प्रयोगात्मकबाहेक सबै शुल्क मिनाह गर्दै आएको छ भने त्यसबाहेक, प्रवेश परीक्षाको नतिजा, दुर्गम तथा पिछडिएका क्षेत्रका विद्यार्थी, अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थी, जेहेन्दार र विपन्न वर्गका विद्यार्थीलाई छात्रवृत्तिमा अध्यापन गराइरहेको छ। प्रत्येक वर्ष २०० जना भन्दा बढी विद्यार्थीले छात्रवृत्तिमार्फत अध्ययन गर्दै आएको प्रिन्सिपल अधिकारीले बताएका छन्।

    नवोदित कलेजमा एसईई उत्तीर्ण गरेका देशभरका विद्यार्थीलाई अध्ययन लागि आउन सक्ने अधिकारीले बताए, “हामी उत्कृष्ट विद्यार्थी मात्रै नवोदित कलेजमा आउनुपर्छ भन्दैनौ। सबै खालका विद्यार्थीलाई भर्ना गरेर सबैको नतिजा उत्कृष्ट बनाउने प्रयास गर्छौं। तसर्थ, नवोदितमा सबै विद्यार्थीलाई उत्तिकै स्थान छ।”यसरी, नवोदित कलेजले उत्तिकै स्थानमा छात्रवृत्तिमा अध्ययन गर्ने योजना बनाएको छ।

    नवोदित कलेजले शैक्षिक क्रियाकलापहरूको लागि अत्याधुनिक पूर्वाधार तयार गरेको छ। कलेजमा होटल म्यानेजमेन्ट र विज्ञान विषयका लागि उत्कृष्ट ल्याब सुचालन गरिएको छ। शिक्षण गतिविधिमा अग्रगामी प्रविधिहरूको प्रयोगले विद्यार्थीको शिक्षा गर्न सहयोग गर्दछ। कलेजले डिजिटल कक्षा कक्षाको अभ्यास गर्न बिशेष महत्व दिएको छ। यसैगरी, पुस्तकालयको स्तर मन्तव्यानुसार उन्नति गरिएको छ र विद्यार्थीहरूको आवागमन बसको सुविधाको सान्दर्भिक रूपमा सहज बनाइएको छ।