नेप्से २६ महिनायताकै उच्च : एकै दिन ७० अंकले बढ्यो परिसूचक
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    नेप्से २६ महिनायताकै उच्च : एकै दिन ७० अंकले बढ्यो परिसूचक

    खबरपुञ्ज संवाददाता

    ३२ असार २०८१, मंगलवार

    काठमाडौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज (मंगलबार) ७०.१८ अंकले बढेको छ । अर्थमन्त्रीमा विष्णु पौडेल नियुक्त भएको भोलिपल्ट नेप्से परिसूचक एकैदिन ७०.१८ अंकले बढेर २ हजार ३१०.५९ को बिन्दुमा पुगेको हो ।यो पछिल्लो २३ महिनायताकै उच्च हो । यसअघि २०७९ वैशाख २९ गते नेप्से २३५० विन्दुमा पुगेको थियो ।

    आज दिन २ करोड ५८ लाख ३६ हजार २८५ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब १८ करोड ८६ लाख बराबरको कारोबार भएको जनाएको छ । 

    ५ वटा कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । तर, तीन वटा कम्पनीको सेयर भने १० प्रतिशतले घटेको पनि नेप्सेले जनाएको छ ।