तनहुँ । चीनमा रहेको विश्वकै प्रसिद्ध ग्रेटवालको झल्को दिने गरी तनहुँको बन्दीपुर गाउँपालिकामा पदमार्ग पर्खाल भइरहेकाे छ । बन्दीपुर गाउँपालिकाले पर्यटन प्रबद्र्धन गर्ने उद्देश्य राखेर गत आर्थिक वर्षदेखि पदमार्ग पर्खाल निर्माण शुरु गरेको हो ।
विश्वमाझ प्रख्यात बन्दीपुरमा धेरै भन्दा धेरै स्वदेशी तथा विदेशी पर्यटक भित्र्याउने लक्ष्य राखेर पदमार्ग पर्खाल निर्माण शुरु गरिएको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिनुभयो । बन्दीपुर गाउँपालिका–२ स्थित थानीमाई मन्दिरबाट निर्माण शुरु गरिएको पदमार्ग पर्खाल मुकुन्देश्वरी डाँडामा पुगेर टुङ्गिनेछ ।
एक हजार चार सय मिटर उचाइमा रहेकाे डाँडामा चार किमि दूरीकाे पदमार्ग पर्खाल निर्माण गरिनेछ ।