दमौली । नेपाली कांग्रेसको राज्य प्रशासन विभाग प्रमुखमा केन्द्रीय सदस्य गोविन्द भट्टराई चयन भएका छन् ।
पार्टी सभापति शेरबहादुर देउवाले भट्टराईलाई उक्त विभागको प्रमुखमा मनोनित गरेका हुन्। भट्टराई कांग्रेसको विदेश विभाग प्रमुख समेत भइसकेका छन् ।
कांग्रेसमा ३७ विभाग गठन हुँदा तनहुँका शंकर भण्डारी र ध्रुव वाग्लेले भने कुनै पनि विभागको जिम्मा पाएका छैनन् ।