एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटना छानबिन गर्न सरकारले बनायो आयोग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटना छानबिन गर्न सरकारले बनायो आयोग

    खबरपुञ्ज संवाददाता

    २२ श्रावण २०८१, बुधबार

    काठमाडौ । नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर ७ सूर्यचौरमा हेलिकप्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको घटना छानबिन गर्न सरकारले आयोग गठन गरेको छ।बुधबार अपराह्न बसेको आकस्मिक मन्त्रिपरिषद बैठकले लिकप्टर एयर डाइनेष्टी हेलिकप्टर दुर्घटनाबारे छानबिन गर्न आयोग गठन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरूङले जानकारी दिए।

    बुधबार दिउँसो काठमाडौंबाट रसुवाको स्याफ्रुबेसीका उडेको एयर डाइनेष्टीको नाइन एन-एजेडी कलसाइन भएको हेलिकप्टर दुर्घटना हुँदा एक जना नेपाली र चार जना चिनियाँ नागरिकको मृत्यु भएको थियो।

    सरकार प्रवक्ता गुरूङका अनुसार हेलिकप्टर दुर्घटनाबारे छानबिन गरी प्रतिवेदन पेस गर्न आयोगलाई ३० दिनको समय दिइएको छ।

    नेपाली सेनाका वरिष्ठ पाइलट सुवास थापाको संयोजकत्वमा छानबिन आयोग गठन गरिएको उनले जानकारी दिए। आयोगको सदस्यहरूमा विष्णु बस्नेत र तनुजा पोखरेल छन्।