तल्लो सेती जलविद्युत् आयोजनाः अडिट सुरुङ निर्माण प्रक्रिया सुरू
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    तल्लो सेती जलविद्युत् आयोजनाः अडिट सुरुङ निर्माण प्रक्रिया सुरू

    खबरपुञ्ज संवाददाता

    २३ श्रावण २०८१, बिहीबार

    दमौली । तनहुँ हाइड्रोपावर लिमिटेडले निर्माण गर्न लागेको १२६ मेगावाट क्षमताको तल्लो सेती आयोजनाको अडिट सुरुङ निर्माण प्रक्रिया सुरू भएको छ । यसका लागि व्यवसायी आयोजनास्थलमा परिचालित भएका छन् । लिमिटेडका प्रबन्ध सञ्चालक किरणकुमार श्रेष्ठले आयोजनाका लागि अडिट सुरुङ निर्माणका लागि भएको सम्झौतानुसारको काम अगाडि बढाउने प्रक्रिया सुरू भएको जानकारी दिए ।

    तल्लो सेती जलविद्युत् आयोजनाको तीन सय ७५ मिटर लामो अनुसन्धनात्मक अडिट सुरुङ निर्माणका लागि गत फागुनमा आरके इञ्जिनियरिङ एण्ड एशोसिएटससँग सम्झौता भएको थियो । सोबमोजिम निर्माण व्यवसायीले अहिले पहुँचमार्ग, अडिट सुरुङलगायतका इञ्जिनियरिङ सर्भे जारी राखेको लिमिटेडका प्रबन्ध सञ्चालक श्रेष्ठले बताए ।

    आयोजनाका लागि भौगर्भिक अवस्था परीक्षण गर्न अनुसन्धनात्मक अडिट सुरुङ निर्माण गर्न लागिएको जानकारी दिँदै उनले भने, “आयोजना सुरू गर्नुपूर्व विभिन्न चरणका परीक्षण हुन्छन् । तल्लो सेतीको मुख्य पानी लैजाने हेडरेस टनेल छ दशमदव सात किलोमिटरको रहनेछ । त्यसका लागि परीक्षण गर्न अडिट सुरुङ बनाउन लागिएको हो । त्यसपछि डेढ वर्षभित्र उक्त सुरुङ निर्माण गरिसक्ने गरी काम हुन्छ ।”